×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी घट्यो बैंकहरुको ब्याजदर, कुन बैंकको कति ? 

LAXMI SUNRISE BANK
GLOBAL

फेरी घट्यो बैंकहरुको ब्याजदर, कुन बैंकको कति ? 

३१ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदर फेरी घटाएका छन् । साउन महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले ब्याजदर फेरी घटाएका हुन् । 

योसँगै असारमा ६.८७ प्रतिशत रहेको बैंकहरुको औसत ब्याजदर साउनमा ६.७३ प्रतिशतमा झरेको छ । औसतमा २० वाणिज्य बैंकहरुले साउनमा निक्षेपको ब्याजदर ०.१४ बिन्दुले घटाएका छन् ।

साउनमा २० वाणिज्य बैंकमध्ये १३ बैंकले ब्याजदर घटाएका छन् भने ५ बैंकहरुले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वाणिज्य बैंकहरुले भने साउनमा ब्याजदर बढाएका छन् । साउनमा ब्याजदर बढाउनेमा कृषि विकास बैंक र एभरेष्ट बैंक रहेका छन् । 

साउनमा कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ६.२९ प्रतिशत पुर्याएको छ । असारमा बैंकको यस्तो ब्याजदर ५.६६ प्रतिशत रहेको थियो । यता एभरेष्ट बैंकले असारमा ५.७५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर साउनमा ६.३ प्रतिशत पुर्याएको छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर ४.७५ प्रतिशतबाट बढाएर ५.३ प्रतिशत पुर्याएको छ । 

साउनमा नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकस्ट्याण्डर्ड चार्टर्ड बैंकले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सिद्धार्थ बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआईसी एशिया बैंक र हिमालयन बैंकले साउन महिनामा ब्याजदर घटाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी