×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिए विद्यार्थीहरु आन्दोलनमा पढ्न राम्रा किताब नपाएको दाबी ! (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL

सिए विद्यार्थीहरु आन्दोलनमा पढ्न राम्रा किताब नपाएको दाबी ! (भिडियोसहित)

११ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिए अर्थात चार्टर्ड एकाउन्टेन्सीको पढाई यसै पनि विश्वभर गाह्रो पढाईका रुपमा लिने गरिन्छ । अझ नेपालमा त सिएको पढाई जवरजस्त यति गाह्रो बनाइएको छ कि, विद्यार्थीहरु निकै कममात्र पास भईरहेका छन् । अझ विद्यार्थीहरु भनिरहेका छन्- ‘हामीलाई न अपडेटेड पढ्ने सामाग्री छ, न परीक्षाको बीचमा ग्याप हुन्छ । पढ्छु, म पढेर पास गर्छु भन्दा पनि पढ्ने वातावरण छैन ।’ विद्यार्थीहरु भनिरहेका छन्, ‘अरे यार, पढ्न किताब त राम्रो देऊ । परीक्षामा केही समय ग्याप त देऊ ।’ उनीहरु भनिरहेका छन्, ‘अरे यार हामी त तिम्रै विद्यार्थी हौँ नि, भोलि तिम्रै सदस्य हुने हो नि, नियामक बनेपछि अलिकति अभिभावक पनि बनिदेऊ न ।’

तर अहँ, आइक्यानले सुनेन, सुन्नै चाहेन हाम्रा कुरा भन्छन् विद्यार्थीहरु । र त, पलेटी कसेर, घुँडा धसेर पढाईमा लाग्नुपर्ने सिए विद्यार्थीहरु यतिबेला आइक्यानमा आन्दोलन गरिरहेका छन् । आइक्यानले नै मान्यता दिएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)ले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ र बिहीबार आइक्यान परिसरमा विद्यार्थीहरुको प्रदर्शन खास थियो ।

विद्यार्थीका जाहेज माग पूरा गर्नुपर्छ भन्ने कुरामा कुनै शङ्का छैन । यसमा आइक्यान तयार नहुनुपर्ने कुनै कारण छैन । तर फेरी आन्दोलनका नाममा अप्ठ्यारा चीजहरु एनकासाले अगाडी सार्नु बुद्धिमता हुँदैन । कारण, आइक्यानलाई नै गिजोलेर न एनकासा राम्रो बन्छ, सिए विद्यार्थीको भविष्य । आइक्यानका अधिकारीहरुको दाबी छ- ‘मिटिङ लाइभ गर्नुपर्छ भन्छन् केटाकेटीहरु अनि कसरी कुरा मिल्नु ?’ यदि यस्तो हो भने आइक्यान परिणाममा जानुपर्छ, न कि परिणाम बिग्रन सक्ने आइक्यानलाई ठिक नलागेको प्रक्रिया । 

खैर, विद्यार्थीका जाहेज माग पूरा होउन्, हुनैपर्छ । प्लस टुपछि पासपोर्ट बोकेर सके राम्रै देश, नसके खाडी गएर पैसा कमाउने छुट हुँदाहुँदै उनीहरु देशमै बसेर, देशकै इन्स्टिच्युटमा पढिरहेका छन् । सिएको कोर्स सबैतिर गाह्रै छ, र पनि, तुलनात्मक रुपमा प्रक्रिया आइसीएआईमा सहज छ भन्ने जान्दाजान्दै पनि नेपालमै बसेर पढिरहेका छन् । उनीहरुको यो सोचलाई पनि सम्मान गर्नुपर्छ । पढ्न किताब देउ, चित्त नबुझेको पेपर रिटोटलिङ गर्दा थोरै पैसामा गरिदेऊ, परीक्षामा ग्याप देउ भन्नु गलत माग कहाँ हुन सक्छ र ? होइन र ? अनि एनकासाले पनि बुझ्नुपर्छ, एनकासा विद्यार्थीको भविष्य बनाउन सहयोगी भूमिका खेल्नुपर्ने थलो हो, संगठनको आडमा जे पनि माग्ने, अनि थोरै पाइन्छ भन्ने ठाउँ होइन । दुवै पक्ष मिलेको खबर छिट्टै प्रशारण गर्न पाइयोस् । (भडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी