Skip to content
LAXMI SUNRISE BANK

चन्द्रागिरी केवलकार बिग्रियो, यात्रु बीचमै अड्किए !

अर्थ सरोकार

काठमाडौं । चन्द्रागिरी केबलकारमा प्राविधिक समस्या आएको छ । बुधबार विद्युत अबरुद्ध हुँदा चन्द्रागिरी केबलकारमा यात्रु अड्किएका हुन् ।

यात्रु केबलकारको डिब्बामा अड्किए पछि वैकल्पिक उपायबाट निकाल्ने प्रयास भईरहेको छ ।

जेनेरेटर चलाउने प्रयास भएपनि चलाउन नसकिएपछि अहिले केबलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेशनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबलकार तलमाथि गर्ने डोरीलाई घुमाएर यात्रुको उद्धार गर्न लागिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK