काठमाडौँ । सेयर बजारका अग्रज लगानीकर्ता छोटेलाल रौनियारले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति बजारप्रति ‘पोजेटिभ’ भएको बताएका छन् । मौद्रिक नीति सार्वजनिक भएपछि अर्थ सरोकारसँग कुराकानी गर्दै सेयर लगानीकर्ता रौनियारले यसपालिको मौद्रिक नीति समग्रमा सेयर बजारप्रति ‘पोजेटिभ’ भएको बताएका हुन् ।
यद्यपि सेयर लगानीकर्ताले चाहेजति र अपेक्षा गरेजति सबै कुरा मौद्रिक नीतिमा नआए पनि मौद्रिक नीति लचिलो नै भएको उनले बताएका छन् ।
‘चाहेजति सबै पूरा भएन, हुँदैन पनि होला । तर समग्रमा मौद्रिक नीति सकारात्मक छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै लगानीकर्ता रौनियारले भने, ‘सेयर कर्जामा संस्थागततर्फको २० करोडको सीमा खारेज भएको छ । यो बजारका लागि पोजेटिभ कुरा हो । तर, व्यक्तिगततर्फको १५ करोडलाई २० करोड बनाइदिएको भए झनै राम्रो हुन्थ्यो ।’
त्यस्तै, उनले सेयर धितो कर्जाको जोखिम भारका विषयमा मौद्रिक नीतिमा ठोस व्यवस्था नभए पनि भविष्यमा पुनरावलोकन गरिने भनिनु सकारात्मक नै भएको बताएका छन् ।
मौद्रिक नीतिमार्फत असल कर्जाको प्रोभिजन १.२ प्रतिशतबाट १.१ प्रतिशत बनाइनुले पनि बैंकिङ क्षेत्रलाई थप बलियो बनाउन मद्दत पुग्ने रौनियारको भनाई छ । सँगै उनले माइक्रोफाइनान्स कम्पनीको बोनसमा लगाइएको १५ प्रतिशतको ‘क्याप’ पनि हटाइएको भए राम्रो हुने बताएका छन् । तर, बैंकदर ७ प्रतिशतबाट साढे ६ प्रतिशतमा झर्नु, नीतिगत दर साढे ५ प्रतिशतबाट ५ प्रतिशतमा झर्नु तथा बैंकमा थुप्रिएर रहेको पैसा चलायमान बनाउने गरी अघि सारिएका नीतिले समग्र बजारलाई चलायमान बनाउनेमा उनले विश्वास व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्