Skip to content
LAXMI SUNRISE BANK

सीएनएनका समाचार हेर्न पैसा तिर्नुपर्ने, १०० कर्मचारी कटौती !  

अर्थ सरोकार

काठमाडौँ । अमेरिकी मिडिया कम्पनी सीएनएनको समाचार पढ्न अब पैसा तिर्नुपर्ने भएको छ । सीएनएनले आफ्नो वेबसाइटलाई ‘पेवाल सिस्टम’ लैजाने भएसँगै अब सीएनएनका समाचार पढ्न पैसा तिर्नुपर्ने भएको हो । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार सीएनएनले आफ्नो आय वृद्धि गर्नका लागि ‘पेवाल सिस्टम’ लागू गर्न लागेको हो ।

सीएनएनका प्रमुका कार्यकारी अधिकृत मार्क थम्पसनले पनि ‘सब्स्क्रिप्सन रेडी प्रडक्ट’ तयार गरेर सीएनएनका सेवालाई नयाँ फर्म्याटमा उपलब्ध गराउने बताएका छन् । 

त्यस्तै, सीएनएनले खर्च कम गर्न कर्मचारी कटौती गर्ने भएको छ । हाल सीएनएनमा ३ हजार ५०० जना कर्मचारी कार्यरत छन् । त्यसमध्ये सीएनएनले १०० कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । यसका साथै सीएनएनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को समेत प्रयोग गर्ने भएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK