Skip to content
LAXMI SUNRISE BANK

‘रिकभरिका नाममा पुलिस लिएर बैंक घरघरमा पुगे’

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक खड्काले रिकभरिका नाममा बैंकहरुले सेवाग्राहीलाई हदैसम्मको दुःख दिएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद खड्काले यस्तो बताएका हुन् । 

उनले रिकभरिका नाममा बैंकहरु प्रहरी लिएरै ऋणीको घरघरमा पुगेको बताएका छन् । 

‘अहिले रिकभरिका नाममा मान्छेहरुलाई यसरी दुःख दिइरहेको छ बैंक, पुलिस लिएर घरघरमा पुगेको छ ।’, बैठकमा बोल्दै सांसद खड्काले भने ।

त्यस्तै, उनले अहिले बैंकहरुसँग प्रयाप्त तरलता भए पनि चलायमान नहुँदा साना व्यवसायी मर्कामा परेको बताएका छन् । ‘साना व्यवसायीहरु टाँट पल्टिसके, साउनदेखि भटाभट कालोसूचीमा नाम निस्किनेवाला छ ।’, उनले भने, ‘नीतिमा परिवर्तन गरेर भए पनि बैंकको पैसा र अर्थतन्त्र चलायमान बनाउनुपर्छ ।’

साथै सांसद खड्काले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत समग्र अर्थ बजार चलायमान हुनेगरि नीति ल्याउन पनि आग्रह गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK