काठमाडौँ । साउन ५ गते (शनिबार) दिउँसो १ः४७ बजे दोलखाको भीमेश्वर मन्दिरको भीमसेन मूर्तिमा पसिना आएको खबर बाहिरिएको थियो । सो दिन मूर्तिको बायाँ भागमा दिउँसो ३ः५१ बजेसम्म पसिना आएको थियो ।
दोलखा भीमसेनलाई पसिना आएपछि देशमा केही अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाअर्चनासमेत गरिएको थियो ।
भीमसेनको मूर्तिमा पसिना आएको खबर बाहिरिएको ४ दिनपछि काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा पर्यो । जुन विमान दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ भने विमानका क्याप्टेन मनिषरत्न शाक्यको केएमसी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
तर, विमान दुर्घटना भएकै दिन अर्थात आज (बुधबार) फेरी दोलखा भीमसेनलाई पसिना आएको छ । बुधबार १२ः४५ बजे भीमसेनको मूर्तिमा पसिना आएको हो । दोलखा भीमसेनलाई फेरी पसिना आएपछि फेरी देशमा ठूलै अनिष्ट हुने भन्दै पूजाआराधना गरिँदैछ । दोलखा भीमसेनलाई पसिना आए देशमा केही अनिष्ट हुने पुरातन विश्वास छ । भिमसेनको मूर्तिमा आएको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन पनि रहँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्