×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रातभरको वर्षाले कुलेश्वर डुबायो, खाद्यान्नका गोदाम जलमग्न, व्यापारीलाई लाखौँको क्षति (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रातभरको वर्षाले कुलेश्वर डुबायो, खाद्यान्नका गोदाम जलमग्न, व्यापारीलाई लाखौँको क्षति (फोटो-कथा)

Artha Sarokar

१६ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मंगलबार राती परेको अविरल वर्षापछि काठमाडौँको कुलेश्वरस्थित व्यापार सङ्घ चोक डुबानमा परेको छ । वर्षापछि बागमती नदीमा आएको बाढी बस्तीतिर छिरेपछि र बस्तीमा जम्मा भएको पानीले निकास नपाएपछि कुलेश्वर क्षेत्र डुबानमा परेको हो । 

व्यापार संघ चोकमा अधिकांश सटर तथा घरहरुमा व्यापारिक गोदाम रहेका छन् । अविरल वर्षापछि भएको डुबानले ती गोदामहरु जलमग्न भएका छन् । 

गोदामभित्रै पानी पसेपछि चामल, चिनी, चिउरा लगायतका खाद्यान्न पानीले भिजेका छन् । अधिकांश गोदाममा पानी पसेपछि लाखौँको क्षति भएको व्यापारीहरु बताउँछन् । हाल स्थानीयहरु गोदामभित्र छिरेको पानी फाल्ने तथा थप क्षति हुन नदिन सामान सार्ने काममा व्यस्त छन् । 

अविरल वर्षाका कारण कुलेश्वरसँगै टेकु, कालीमाटी तथा बागमती, मनोहरा नदी किनारका बस्ती डुबानमा परेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी