काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले जगदम्बा सिन्थेटिक्स र हुलास स्टिलको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले यी दुई उद्योगको लाइन काटेको हो ।
प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सले प्राधिकरणलाई १६ करोड ४ लाख र हुलास स्टिलले ११ करोड २९ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।
यसअघि प्राधिकरणले यी दुईसहित अन्य बक्यौता तिर्न बाँकी उद्योगहरुको नाममा बक्यौता तिर्न असार ९ गते १५ दिने अल्टिमेटमसहित पत्र पठाएको थियो । तर, त्यसअवधिमा पनि उद्योगले बक्यौता तिर्ने छाँटकाँट नदेखाएपछि लाइन काटेको प्राधिकरणले जनाएको छ ।
योसँगै प्राधिकरणले सोमबारयता ५ उद्योगको लाइन काटेको छ । यसअघि प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । प्राधिकरणका अनुसार उद्योगहरुले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेबापत २०७२ माघदेखि २०७५ बैशाखसम्मको ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ तिर्न बाँकी छ ।
यता उद्योगीहरुले भने प्राधिकरणले पठाएको पत्र अनुसारको रकम तिर्नु नपर्ने बताउँदै आएका छन् । प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेसँगै उद्योगीहरुले पत्रकार सम्मेलन गरेर प्राधिकरणले भनेअनुसारको रकम तिर्नुनपर्ने भन्दै सर्वोच्चका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्