काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यलय जममग्न भएको छ । गए राति परेको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका-९ च्यासलस्थित एमालेको कार्यलय जलमग्न भएको हो ।
कार्यलयमा बाढी पस्दा कार्यलयका टेबल, कुर्सी र अन्य सामान डुबेका छन् ।
भारी वर्षासँगै काठमाडौँका नदी-खोलाको बाढीबाट जनजीवन प्रभावित भएको छ । ललितपुर महानगरपालिका-२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका-७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । बाँकी तस्वीरमा हर्नुहोस् :