Skip to content
LAXMI SUNRISE BANK

तेस्रो पटक राष्ट्र बैंकको कारबाहीमा एक्सेल डेभलपमेन्ट बैंक

अर्थ सरोकार

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा परेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुररिवेक्षण विभागले ऐन विपरत कार्य गरेको भन्दै बैंकलाई तेस्रो पटक कारबाही गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५९ को उपदफा (२)मा भएको व्यवस्था विपरीत वासलात तथा नाफा-नोक्सान हिसाबको विवरण ढिलो पेश गरेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, एक्सल डेभलपमेन्ट बैंकले राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन तथा कम्पनी ऐन २०६३ को दफा ७६ को उपदफा (१) विपरीत हुनेगरी वार्षिक वित्तीय विवरण पनि आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र (म्याद थपसहित) लेखापरीक्षण नगरेको राष्ट्र बैंकले ठहर गरेको छ ।

त्यस्तै, बैंकले वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा राष्ट्र बैंकको नियमकीय व्यवस्थाहरु उल्लंघन गरेको देखिएको भन्दै राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK