×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेसिभसहित ३ फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही 

LAXMI SUNRISE BANK
GLOBAL

प्रोग्रेसिभसहित ३ फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही 

३ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्ससहित तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकले राष्ट्र बैंक ऐन विपरीत कार्य गरेको भन्दै प्रोग्रेसिभ फाइनान्स, बेष्ट फाइनान्स र रिलायन्स फाइनान्स कम्पनीलाई कारबाही गरेको हो । 

राष्ट्र बैंकका अनुसार तोकिएको समयावधिभित्र बाह्य लेखापरीक्षण सम्पन्न गरी तोकिएको समयावधिभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्नेमा आर्थिक वर्ष २०७८ ७९ को वार्षिक साधारण सभा आर्थिक वर्ष २०८० ८१ मा सम्पन्न गरेको र आर्थिक वर्ष २०७९ ८० को बाह्य लेखापरीक्षण प्रतिवेदन हालसम्म पनि पेश नगरेको भन्दै बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पहिलो पटकका लागि सचेत गराइएको छ । 

त्यस्तै, बेष्ट फाइनान्स र रिलायन्स फाइनान्स कम्पनीले वासलात तथा नाफा-नोक्सान हिसाबको विवरण ढिलो पेश गरेका, वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र (म्याद अवधिसहित) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा ढिलो गरी सम्पन्न गरेको भन्दै राष्ट्र बैंकले दुवै बैंकका सञ्चालक समितिलाई सचेत गराएको छ । 

यसका साथै राष्ट्र बैंकले सिन्धु विकास बैंकसहित पाँचवटा विकास बैंकलाई पनि कारबाही गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी