×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्थानीयको विरोधपछि रोकियो फुटपाथ विस्तारको काम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्थानीयको विरोधपछि रोकियो फुटपाथ विस्तारको काम

Artha Sarokar

८ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडको फुटपाथ विस्तारको काम रोकेको छ । फुटपाथ विस्तारको काममा स्थानीयले चर्को विरोध गरेपछि महानगरले काम रोकेको हो ।

न्युरोडको फुटपाथ विस्तारको काम रोक्दै महानगरले न्युरोड क्षेत्रसँगै अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ विस्तार तथा निर्माणसम्बन्धी अन्य कुनै पनि काम नगर्ने सहमति गरेको छ ।

महानगर र स्थानीयबीच भएको सहमतिअनुसार फुटपाथ विस्तार तथा निर्माण कार्यले पारेको असर मूल्यांकन गर्न सुमनराज भण्डारीको संयोजकत्वमा कार्यदल तयार गरिएको छ । उक्त कार्यदलमा वडा नम्बर २२, २३, २४ का अध्यक्ष र २२ बाट विज्ञसहित महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव रहेका छन् ।

अब उक्त समितिले फुटपाथ विस्तारको अवाश्यकता र असरबारे अध्ययन गरी प्रतिवेदन मंसिर २ गते महानगरलाई बुझाउनेछ । सोही प्रतिवेदनका आधारमा महानगर अघि बढ्ने सहमति भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी