×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिलोमा रमेको जिन्दगी कथाः १५ तस्विरमा हेर्नुहोस् किसानलाई धान गोडमेलको चटारो… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

हिलोमा रमेको जिन्दगी कथाः १५ तस्विरमा हेर्नुहोस् किसानलाई धान गोडमेलको चटारो… (फोटो-कथा)

८ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि यस्तो पेशा वा व्यवसाय हो, जसमा संलग्न किसानहरु ढुक्कसँग बस्न पाउने भन्ने कुरा नै कम हुन्छ । नेपालका अधिकांश मानिसहरुको जीविकोपार्जनको प्रमुख आधार नै कृषि भएका कारण उनीहरु प्राय खेतबारी मै व्यस्त देखिन्छन् । 

कहिले बाली लगाउने, कहिले बाली भित्राउने, कहिले मल, कहिले सिँचाइ र गोडमेल । यस्तैयस्तै काम नै कृषकको दैनिकी हो ।

यसैबीच अहिले ललितपुरको छम्पीका स्थानीय किसानहरु धान गोड्न व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका स्थानीय अहिले गोडमेल गर्न र मल हाल्नका लागि खेतमा व्यस्त देखिन्छन् । उनीहरु बिहानको समय र दिउँसो घाम ढल्किन थालेपछी गोडमेलमा निस्किन्छन् । भर्खरै रोपेको धानलाई भफरले खाने भएपछि गोड्नुपर्ने हुन्छ । 

काठमाडौँ उपत्यका मात्र नभई देशका अधिकांश स्थानमा अहिले किसान धान गोड्नमा व्यस्त छन् । हरिया फाँटमा सुस्केरा निकाल्दै र गफ्फिँदै किसान गोडमेलमा व्यस्त देखिन्छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी