×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतितोला दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

GLOBAL IME BANK

प्रतितोला दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

२ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई सय रुपैयाँले बढेर एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन दुई हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १८९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २८ हजार ४ सय ३० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २७ हजार ८ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६२४.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: