काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायित्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपालले काठमाडौँमा आयोजना गरेको प्रि-मौद्रिक नीतिबारे छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले नेपाल राष्ट्र बैंकको अन्य केही उद्देश्य नभएको भन्दै मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउने बताएका छन् । सँगै यसपालिको मौद्रिक नीति बैंकिङ क्षेत्रलाई कसरी चुनौतीसँग सामना गर्नसक्ने बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताएका छन् ।
गभर्नर अधिकारीले कुनै पनि व्यवसायलाई असर पर्ने नीति नआउने पनि बताएका छन् । ‘मौद्रिक नीतिमार्फत उद्योग-व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउने राष्ट्र बैंकको बेसिक कन्सर्न नै हो ।’, उनले भने, ‘कुनै व्यवसायलाई असर पर्ने नीति ल्याउने अवस्था हुन सक्दैन ।’
त्यस्तै, बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादनमूलक क्षेत्रमा लैजाने र थोरै भएपनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरु लाग्न आवश्यक रहेको बताउँदै गभर्नर अधिकारीले निर्यातमूलक उद्योग स्थापना गर्ने काममा बैंकको स्रोत प्रयोग हुन आवश्यक रहेको बताएका छन् । उनले मौद्रिक नीति बनाउने राष्ट्र बैंक अन्तिम चरणमा पुगेकोले राष्ट्र बैंकले गर्न सक्ने जति नीतिहरुमा सीमाभित्र रहेर काम गर्ने बताएका छन् ।
पछिल्लो समय होटल, ऊर्जा क्षेत्रमा उत्साहजनक वृद्धि भइरहेको भन्दै समग्र सबै क्षेत्र नकारात्मक छ भन्ने धारणा राख्न नहुने पनि गभर्नर अधिकारीको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्