×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘निर्माण व्यवसायीको भुक्तानी नहुँदा बैंकिङ कर्जा उठ्न सकेन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘निर्माण व्यवसायीको भुक्तानी नहुँदा बैंकिङ कर्जा उठ्न सकेन’

Artha Sarokar

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिँदा बैकिङ कर्जा नउठेको बताएका छन् । उनले आर्थिक वर्षको अन्त्यमा पनि निर्माण व्यवसायीको भुक्तानी नहुँदा बैंकहरुमा उठ्नुपर्ने कर्जा नउठेको बताएका हुन् ।

बैंकहरुले निर्माण उद्योगलाई विभिन्न सेवासुविधाहरुसहित कर्जा प्रवाह गर्ने र समयमा भुक्तानी नहुँदा बैंकिङ क्षेत्र दोहोरो मारमा परेको सीईओ ढुंगानाको भनाई छ । 

निर्माण व्यवसायीले कतिपय ठाउँमा उधारो र चेक दिएर कारोबार गरेको अवस्थामा भुक्तानी नहुँदा समस्या हुने ढुंगानाले बताए । कतिपयले ‘भोलि पेमेन्ट आउँछ’ भनेर कारोबार गरेको तर समयमा भुक्तानी नहुँदा चेक पनि नसाटिने, बैंकको पेमेन्ट पनि नहुने र व्यवसायी कालोसूचीमा पर्नुका साथै धितो लिलाम हुँदा घरबारविहीन हुनुपर्ने अवस्था आएको ढुंगानाले बताएका छन् । 

यति मात्र होइन, निर्माण व्यवसायीहरुलाई ठेक्का सम्झौता गरेपछि निर्माण सम्पन्न गर्दासमेत सरकारले दायित्व तिर्न सक्दिन भन्दा समग्र अर्थतन्त्रमा असर पर्ने पनि ढुंगानाले बताएका छन् । 

उनले दुई वर्ष देखि निर्माण क्षेत्र ऋणात्मक रहेको भन्दै सरकारले दिने भुक्तानी दिन नसक्ने अवस्थामा विभिन्न बन्डहरु ल्याएर पनि भुक्तानी दिन सक्नुपर्ने सुझाव दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी