काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सपथ ग्रहण तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेको उक्त कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थालाई विभिन्न ५ विधामा बिपीए अवार्डसमेत प्रदान गरिएको थियो ।
जसअन्तर्गत निजी बैङ्किङ क्षेत्रतर्फ नबिल बैंकलाई ’गोल्ड अवार्ड’, नेपाल एसबिआई बैंकलाई ‘सिल्भर अवार्ड’, सिद्धार्थ बैंकलाई ‘ब्रोन्ज अवार्ड’, माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ । त्यस्तै, वित्तीय सेवा क्षेत्रतर्फ मुक्तिनाथ विकास बैंकलाई गोल्ड, कामना सेवा विकास बैंकलाई सिल्भर, लुम्बिनी विकास बैंकलाई ब्रोन्ज अवार्ड प्रदान गरिएको छ । साथै, प्रभु क्यापिटल लिमिटेड, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई सर्टिफिकेट अफ मेरिटबाट पुरस्कृत गरिएको छ ।
उत्पादन क्षेत्रतर्फ हिमालयन डिस्ट्रिलरीलाई ‘गोल्ड अवार्ड’, बोटलर्स नेपाललाई ‘सिल्भर अवार्ड’, बोटलर्स नेपाल तराईलाई ‘ब्रोन्ज अवार्ड’ र युनिलिभर नेपाललाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ भने शक्ति र उर्जा क्षेत्रतर्फ बुटवल पावर कम्पनी र सेवा क्षेत्रतर्फ ओरियन्टल होटल्सलाई ‘गोल्ड अवार्ड’ प्रदान गरिएको छ । आइक्यानको शपथ ग्रहण तथा अवार्ड वितरण कार्यक्रम फोटो फिचरमा हेर्नुहोस्ः


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्