काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सेयर धितो कर्जामा संस्थागततर्फ २० करोडको सीमा हटाइएकोप्रति खुसी व्यक्त गरेका छन् ।
शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर कर्जामा संस्थागततर्फ २० करोडको सीमा खारेज गरेसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले सीमा खोरजीको विषयमा खुसी व्यक्त गरेका हुन् । उनले राष्ट्र बेंकले सेयर धितो कर्जामा १२ करोडको सीमा लगाएकै कारण ३२ सय माथि रहेको सेयर बजार ओरालोतर्फ धकेलिएको र त्यसैको शिक्षा लिई अहिले २० करोडको सीमा हटाइएको भन्दै खुसी व्यक्त गरेका छन् ।
‘जतिबेला शेयर बजार प्रभावकारी रुपमा काम गरिरहेको थियो र नेप्से ३२ सय भन्दा माथि थियो । राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सिमा लगाएका कारण शेयर बजार ओरालो धकेलियो त्यसको शिक्षा समेत लिई २० करोडको सिमा हटाइएको कुरा प्रति खुशी व्यक्त गर्दै धन्यवाद भन्न चाहन्छु ।’, उनले लेखेका छन् ।
त्यस्तै, शर्माले अन्तिममा आफूले विज्ञताको मर्म बुझेको पनि उल्लेख गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्