×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकिङ ५०-६० प्रतिशतले आरामले बढ्छ, बजारमा अझै ठूलो बुल आउँदैछ’- कञ्चन कृष्ण न्यौपाने (अन्तर्वार्ता) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

‘बैंकिङ ५०-६० प्रतिशतले आरामले बढ्छ, बजारमा अझै ठूलो बुल आउँदैछ’- कञ्चन कृष्ण न्यौपाने (अन्तर्वार्ता) 

Artha Sarokar

१४ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका लगानीकर्ता एवम् अभिवक्ता कञ्चन कृष्ण न्यौपानेले बैंकिङ सेक्टरमा देखिएको बढोत्तरी अझै माथि जाने बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले लचिलो मौद्रिक नीति र लगानीकर्ताको उत्साहले बैंकिङ सेक्टर अझै माथि जाने बताएका हुन् । 

उनले लामो समयको वियरिसपछि सेयर बजारमा देखिएको बढोत्तरी स्वभाविक नै भएको दाबी गरेका छन् । 

स्थायी सरकार, सेयर बजारप्रति प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर पोजेटिभ हुनु र लगानीकर्ताको मनोबल सकारात्मक हुनुले पनि अब बजारको बुल अझै माथि जाने न्यौपानेले बताएका छन् ।

त्यसैमाथि बैंकिङ क्षेत्र चलायमान बनाउन मौद्रिक नीतिले ठूलो राहत दिएकोले बैंकिङ बढ्दा समग्र बजार बढेको र यसरी नै बढे नेप्सेले ३२०० को बिन्दु सहजै पार गर्ने उनको भनाई छ ।

त्यस्तै, उनले अहिले कमर्सियल बैंक मात्र नभएर अन्य सेक्टरसमेत चलायमान भएको र ठूला खेलाडीहरु पनि बजार प्रवेश गर्ने क्रम बढेकोले बजारको यात्रा माथि भएको बताएका छन् । न्यौपानेसँग गरिएको कुराकानीको बाँकी अंश भिडियोमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी