काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने घोषणा गरेका छन् । रुपन्देहीमा एसईई परीक्षा २०८० मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।
उनले एसईई परीक्षा राम्रोसँग उत्तीर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका कक्षाहरु अनलाइनमार्फत उपलब्ध गराइने बताएका छन् ।
ओलीका अनुसार उक्त निःशुल्क अनलाइन कक्षामा काठमाडौंबाट गुणस्तरीय शिक्षकले पढाउनेछन् । अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा लिनका लागि केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न पनि ओलीले आग्रह गरेका छन् ।
उनले आफ्नो केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर अनलाइन कक्षाको लाभ लिन सकिने बताएका छन् । ‘मौका परीक्षा दिने विद्यार्थीका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सोसियोलोजीका निःशुल्क क्लासहरु उपलब्ध गराइनेछ ।’, उनले भने, ‘अनलाइन कक्षामा काठमाडौंबाट गुणस्तरीय शिक्षकहरुले शिक्षा दिनुहुनेछ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्