×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजार मात्र होइन, अब देशका पूरै बजार चलायमान हुनेछ’- प्रधानमन्त्री ओली 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सेयर बजार मात्र होइन, अब देशका पूरै बजार चलायमान हुनेछ’- प्रधानमन्त्री ओली 

Artha Sarokar

६ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सेयर बजार चलायमान हुने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा ओलीले सेयर बजार चलायमान हुने बताएका हुन् । 

उनले सेयर बजार मुलुकको अर्थतन्त्रको ऐना भएको पनि बताएका छन् । एमाले-काँग्रेसको सरकार बनेसँगै सेयर बजार हरियो भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

‘अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको छ । ५० लाख भन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार पछिल्लो दुई सातामा ४ सय अंकले बढेको छ । नेप्से २७ महिनायताकै उच्च भएको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण हो यो ।’, उनले भने ‘अब सेयर बजार मात्र होइन, देशको पूरै बजार चलायमान हुनेछ । सिङ्गो देशलाई चलायमान बनाउने आत्मविश्वास हामीसँग छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी