×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको किर्ते ऋण प्रकरण : कुसन प्रधानसहित ४ दोषी ठहर, तत्कालीन सीइओ तिमिल्सिनाले पाए सफाई !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकको किर्ते ऋण प्रकरण : कुसन प्रधानसहित ४ दोषी ठहर, तत्कालीन सीइओ तिमिल्सिनाले पाए सफाई !

२३ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दुई वर्षअघि बैंकिङ कसुरको आरोपबाट उन्मुक्ति पाएकाहरु अन्तत: सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नक्कली धितो र ऋणका आधारमा गैरकानुनी सम्पत्ति कमाएको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतका सदस्य डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

सोहि मुद्धामा विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको आरोपमा शोभा शाक्य, रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, कुशन प्रधानलाई दोषी ठहर गरेको छ भने आरोपीहरू अनुजमणि तिमिल्सिना र स्मृति जोशीले भने सफाई पाएका छन् । तिमिल्सीना बैंकका तत्कालीन सीइओ थिए ।

कुमारी बैंकबाट नक्कली कागज उपर ऋण लिएको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्तेमा उनीहरूमाथि मुद्दा चलाएको थियो । बैंकिङ कसुरसमेत गरेको भेटिएकाले उनीहरुमाथि बैंकिङ कसुरको आरोपमा समेत कारबाही हुनुपर्ने भनी ब्यूरोले प्रतिवेदन तयार गरेको थियो । तर उनीहरुलाई मुद्धा नचलाउनेगरी महान्यायाधिवक्ताको कार्यालयले निर्णय गरेको थियो  । महान्यायाधिवक्ता खम्मबहादुर खातीको निर्देशनमा प्रवाह भएको ऋण असुली भइसकेको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो । त्यसपछि उनीहरुलाई सम्पत्ति सुद्धिकरणमा मुद्धा चलाइएको थियो ।

सोहि मुद्धामा केहि दोषी ठहर भएका हुन् भने तत्कालीन सीइओसहित २ जनाले सफाई पाएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी