×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक कर्मचारी युनियनका अध्यक्षको प्रस्टोक्ति- ‘लेटरहेड र छाप दुरुपयोग गरियो, गलत गर्नेमाथि कारवाही होस्’ 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंक कर्मचारी युनियनका अध्यक्षको प्रस्टोक्ति- ‘लेटरहेड र छाप दुरुपयोग गरियो, गलत गर्नेमाथि कारवाही होस्’ 

Artha Sarokar

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैङ्ककी कर्मचारी तृप्ति राणा पक्राउ परेको विषयमा युनियनले जारी गरेको विज्ञप्तिमा अध्यक्षकै असहमति रहेको र अध्यक्षको स्वीकृति विना युनियनको लेटरहेड र छाप दुरुपयोग भएको खुलासा भएको छ । 

बैंकको युनियनकी कावा अध्यक्ष रहेकी राणा हुण्डी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेपछि बैंकले झुटा मुद्दा लगाएको भन्दै विज्ञप्ति जारी भएको थियो । तर, अध्यक्ष कुमार खतिवडाले आफ्नो हस्ताक्षर विना, आफ्नो सहमति बेगर सामान्य छलफलसमेत नगरी असंवैधानिक विज्ञप्ति जारी गरेको र यस कार्यमा संलग्नहरुलाई कारवाहीको माग राख्दै मानव संसाधन विभागमा उजुरी गरेपछि सो विज्ञप्तिको आधिकारिकता नरहेको खुलेको हो ।

हुण्डी कारोबारमा संलग्न रहेको प्रतिवेदन बैंकले प्रहरीलाई बुझाएपछि राणा पक्राउ परेकी थिइन् । बैंकका अनुसार  बुटवल र बीरगंजमा रहेका रेमिट्यान्सका शाखाबाट उनको खातामा एक पटक ४५ लाख र एक पटक ३० लाख गरेर कुल ७५ लाख रुपैयाँको कारोबारसमेत देखिएको छ । यसअलावा १०-१० लाखको शंकास्पद कारोबार थुप्रै पटक देखिएको छ । यसैका अनुसन्धानका लागि प्रहरीमा जाहेरी परेपछि राणालाई प्रहरीले पक्राउ गरेको हो । उनी अहिले हिरासतमा छिन् भने उनीविरुद्ध यस विषयमा थप अनुसन्धान भइरहेको छ ।   

तृप्तिमात्र नभई अन्य केहि कर्मचारीले गरेको बदमासीका विषयमा पनि बैंकले सम्बन्धित कर्मचारीलाई स्पष्टिकरण सोधेको छ । बैंकका केहि कर्मचारीले ऋणीको रकम नै अपचलन गरेको भेटिएको छ भने भने केहीले ऋणीसँग कमिसन लिएको भेटिएको छ । यस विषयमा बैंकले सम्बन्धित कर्मचारीसँग सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि केही कर्मचारीहरुलाई बैंकले निलम्बन गर्ने तयारी गरेको छ भने केही जेल जानबाट जोगिन आफैँ राजिनामा दिने तयारीमा छन् ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी