काठमाडौँ । कुमारी बैंकका कर्मचारी युनियनमै आवद्ध पदाधिकारीहरुले नै ऋणीबाट कमिसन असुल्नेदेखि ऋणीको रकम नै अपचलन गरिदिएको भेटिएको छ । बैंकले बैंकमा प्राप्त गरेको उजुरीका आधारमा गरेको छानविनका क्रममा यस्तो ’कैफियत’ भेटिएको हो ।
बैंकका रहेको युनियन पदाधिकारीहरुले नै ऋणीबाट ऋण मिलाइदिएबापत कमिसन असुल्ने गरेको, ऋणीको रकम नै आफैँ चलाउने गरेकोसमेत भेटिएपछि बैंकले उनीहरुविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाएको छ। बैंकले तयार गरेको प्रतिवेदनमा युनियनमा आवद्ध केहि पदाधिकारी तहकै कर्मचारी हुण्डीको कारोबारमा संलग्न रहेको, केही कर्मचारीले ऋणीबाट कमिसन नै असुल गर्ने गरेको र केही कर्मचारीले ऋणीको रकम नै अपचलन गरेको उल्लेख छ ।
‘बैंकले गरेको आन्तरिक अनुसन्धानका क्रममा ऋणीको रकम अपचलन गरेको पाइएपछि केहीलाई प्रहरीको जिम्मा लगाइएको छ भने केहीलाई बर्खास्तीको तयारी गरिएको छ ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ’अनुसन्धानका क्रममा कैफियत भेटेपछि हामीले सम्बन्धित कर्मचारीहरुलाई स्पष्टीकरणसमेत सोधेका थियौँ । चित्तबुझ्दो स्पष्टिकरण नआएकाहरुलाई बर्खास्तीको तयारी गरेका छौँ । कहिले आफैँ राजिनामा दिनुभएको छ ।’
बैंकले प्राप्त उजुरीका आधारमा गरेको अनुसन्धानका क्रममा कर्मचारी युनियनका केही सदस्यहरु पनि गैरकानुनी काममा संलग्न रहेको पाइएको छ । आफ्नो पोल खुलेपछि बैंकले बर्खास्त गर्ने तयारी गरेको बुझेर केहिले राजिनामासमेत दिने तयारी गरेका छन् । अनुसन्धान भएका फाइलहरुमा कर्मचारीहरुले आफन्त, एकासगोलको परिवार र आफ्नै खातामासमेत शंकास्पद कारोबार गरेको, ऋणीसँग कारोबार गरेको लगायतका कैफियत देखिएका छन् ।
केही दिन अघि मात्र हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बैंककि कर्मचारी तृप्ति राणालाई प्रहरीले पक्राउ गरेको थियो । हाल हिरासतमा राखेर उनीउपर अनुसन्धान भइरहेको छ । उनी युनियनकी कावा अध्यक्ष थिइन् । उनको खातामा एकैदिन रेमिट्यान्स कम्पनीबाट ७५ लाखसम्म जम्मा भएको देखिएपछि बैंकले उनको केस प्रहरीसम्म पुर्याएको थियो । उनीसँगै युनियनमा आवद्ध अन्यलाई पनि बैंकले स्पष्टिकरण सोध्ने र थप अनुसन्धान गर्ने काम गरिरहेको छ।
यसअघि पनि बैंकले यस्तो कार्यमा संलग्नहरुमाथि अनुसन्धान गरेको थियो । केहीलाई बैंकले नै निलम्बन गरेको थियो भने केही कर्मचारीहरु आफैँ राजिनामा दिएर थप कारवाहीबाट जोगिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्