×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठग बहादुर, लुट बहादुरपछि बिकाउ कुमार यादव चर्चामा, नामकै कारण चर्चा बटुलेकाको अचम्मको कार्यालय संयोग !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ठग बहादुर, लुट बहादुरपछि बिकाउ कुमार यादव चर्चामा, नामकै कारण चर्चा बटुलेकाको अचम्मको कार्यालय संयोग !

Artha Sarokar

३ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यसो त नाममा के नै हुन्छ र ? नाम धनबहादुर हुँदैमा मान्छे धनी हुन्छ भन्ने हुँदैन । मान्छे मनबहादुर हुँदैमा मान्छे मनको धनी हुन्छ भन्ने पनि हुँदैन । तर बजारमा यस्ता केही नामहरु भाइरल छन्, जसले बजारमा ठगी हुन्छ, लुट चल्छ, भनेकै ठाउँहरु सम्हालिरहेका छन् ।

केही समयअघि प्रहरी नायब उपरीक्षक ठग बहादुर केसी सेवाबाटै बर्खास्त भए । प्रहरी प्रधान कार्यालयको सिफारिसमा केसीलाई गृहमन्त्रीस्तरीय निर्णयबाट मंगलबार बर्खास्त गरिएको हो । प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐनविपरीत कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन सोमबार गृह मन्त्रालयसमक्ष सिफारिस गरिएको हो । यसै पनि धेरैले ठग पुलिस भन्दै विभिन्न आरोप लगाउँदै आएका थिए । अन्तत: उनी सेवाबाटै बर्खास्त भए ।

केही समय अगाडि लुट बहादुर बुढाथोकीको नाम पनि चर्चामा थियो । उनी कर अधिकृत हुन् । कतिपय कर अधिकृतहरुले सेवाग्राहीलाई दुख दिएर लुट्ने गरेको भन्दै गुनासो आइरहेका बेला कर अधिकृतको नाम नै लुट बहादुर रहेको भन्दै सामाजिक सञ्जालमा उनको नेमप्लेट भाइरल भएको थियो । भलै नाम लुट बहादुर भए पनि उनी असल कर अधिकृतका रुपमा चिनिने उनी निकटहरु बताउँछन् । 

यसो त लुट बहादुर नाम सुन्दा अचम्म लागेपनि लुट बहादुर नाम गरेका धेरै मान्छे हाल सरकारी सेवामा छन् । यसअघि कोहलपुर नगरपालिकाका प्रमुख श्री लुट बहादुर रावत थियो । भलै यहाँका लुट बहादुर भने राम्रो छविका जनप्रतिनिधि मानिन्थे ।

अव ठग बहादुर र लुटबहादुरपछि बिकाउ कुमार यादव चर्चामा छन् । उनी नेपाल सरकारका उपसचिव हुन् । जति इमानदार भए पनि उनको नामकै कारण उनलाई उनका विरोधीहरुले गलत रुपमा चर्चामा ल्याइरहेका छन् ।

केही समय अगाडि नेपाली भाषामा अश्लील सुनिने तर विदेशी ब्राण्डहरुका नाम पनि चर्चामा थिए । सामाजिक सञ्जालमा हुने यस्ता चर्चाले नामकै कारण कतिपयले बदनामी खेप्नुपरिरहेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी