काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अब माओवादीले सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्ने बताएका छन् । प्रतिनिधि सभाको बैठक पश्चात उनले सरकारमा जाने दलहरुले पारदर्शी तरिकाले काम गर्न सक्ने गुन्जायस नभएको भन्दै जनताका मुद्दाहरूलाई संसदमा लैजान सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्ने बताए ।
‘मलाई लाग्छ उहाँहरुले ठिक तरिकाले पारदर्शी तरिकाले काम गर्न सक्ने गुन्जायस त देखिँदैँन ।’, उनले भने, ‘ठिक तरिकाले जनताका मुद्दाहरूलाई आवाजका रुपमा संसद्मा सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्छौँ ।’
त्यस्तै, उनले राजनीति राजनेताहरुले नभएर कर्पोरेट हाउसका बिचौलियाहरुले सञ्चालन गरेको भन्दै आगामी दिनमा यी कुराहरु संसदमा आवाजका रुपमा उठाउने बताए । ‘राजनीति, राजनीति दलका कार्यहरू र नेताहरुबाट परिचालित होइन्, बिचौलिया, कर्पोरेट हाउसहरुबाट राजनीति बढि परिचालित भयो यसले राम्रो संकेत गरेको छैन ।’, उनले भने, ‘राजनीति राजनेताहरुले होइन्, कर्पोरेट हाउसका बिचौलियाहरुले सञ्चालन गर्ने भयो । आगामी दिनमा पनि यी कुराहरु संसद्मा आवाजका रुपमा उठाउँछौँ ।’
उनले विश्वासको मत पुग्दैन भन्ने थाहा भएपनि लोकतन्त्रको अभ्यास गर्न खोजेको भन्दै राष्ट्रपतिले कानून र संविधानमा रहेर निर्णय गर्ने आशा गरेको बताए । प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचनमा लाने कुरा कानूनी, राजनीतिक र जनमत विपरित रहेकाले स्वीकार्य नहुने उनको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्