×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारको आर्थिक अवस्था कमजोर छ, अर्थतन्त्र बचाउने गरी मौद्रिक नीति आउँछ’- गभर्नर अधिकारी 

LAXMI SUNRISE BANK
GLOBAL

‘सरकारको आर्थिक अवस्था कमजोर छ, अर्थतन्त्र बचाउने गरी मौद्रिक नीति आउँछ’- गभर्नर अधिकारी 

२५ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन् । मंगलवार नेपाल राष्ट्र बैंकसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भएपनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरेका हुन् ।

उनले कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बचेको बताए । त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको गभर्नर अधिकारीको भनाई छ ।

‘लोन टु भ्यालु रेसिया, जोखिम भार, ब्याजदर करिडोर लगायतका विषय माइक्रो पोलिसी अन्तर्गत पर्छन् । त्यो विषयमा पनि गहन छलफल गरेर एप्रोपिरेट नीतिहरु लिनेछौँ । राष्ट्र बैंकले नीति लिँदा सर्वोपरि मुलुकको अर्थतन्त्रलाई राख्नुपर्छ ।’, गभर्नर अधिकारीले भने, ‘कोभिडको बेलामा सुविधा लिएको भनेर धेरै राष्ट्र बैंकलाई गाली पनि गरे तर त्यो बेला लिएको सुविधाले व्यवसाय बचेको छ । नत्र त्यतिबेला नै व्यवसायको मृत्यु हुन्थ्यो होला ।’ 

त्यस्तै, गभर्नर अधिकारीले राष्ट्र बैंकले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको बताएका छन् । उनले राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने बताए । घरजग्गा कारोबार, साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैंक मौद्रिक नीतिमार्फत क्षेत्रगत रुपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरेका छन् । 

सार्थ गभर्नर अधिकारीले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैंकले कर्जा विस्तार लगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको खण्डन गरेका छन् । उनले राष्ट्र बैंकले उद्योग व्यवसायलाई अप्ठ्यारो पर्ने नीतिमा कहाँ बाँधेको छ बाँधेको डोरी देखाए फुकाउन तयार रहेको बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी