×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘निर्माण व्यवसायीको भुक्तानी रोक्नु हुँदैन’- गभर्नर अधिकारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘निर्माण व्यवसायीको भुक्तानी रोक्नु हुँदैन’- गभर्नर अधिकारी

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरुको भुक्तानी रोक्न नहुने बताएका छन् । निर्माण व्यवसायीको भुक्तानी रोकिँदा बैंकिङ क्षेत्रलाई समेत असर परिरहेको भन्दै गभर्नर अधिकारीले निर्माण व्यवसायीहरुको भुक्तानी सरकारले रोक्न नहुने बताएका हुन् ।

निर्माण व्यवसायीको भुक्तानीबाट बजारमा पैसा जाने र बजार अपेक्षित रुपमा चलाएमान हुने भन्दै गभर्नर अधिकारीले सरकारलाई निर्माण व्यवसायीको भुक्तानी नरोक्न पनि आग्रह गरेका छन् ।

‘निर्माण व्यवसायीहरुको भुक्तानी रोकिनुको समस्या के हो ? संघबाट प्रदेशमा गएका आयोजनाहरुको बजेटमा समस्या हो वा संघ भित्रका समस्या भएको भन्ने विषमा सरकारले अर्थ र भौतिक मन्त्रालयहरुसँग छलफल गर्नुपर्छ ।’, उनले भने, ‘निर्माण व्यवसायीको भुक्तानी रोकिँदा राष्ट्र बैंकलाई पनि असर परेको छ । निर्माण व्यवसायीलाई दिएको भुक्तानीको ४० प्रतिशत राजश्वको रुपमा सरकारलाई नै आउँछ । त्यसैले पनि निर्माण व्यवसायीको भुक्तानी रोक्नु हुँदैन ।’

त्यस्तै, गभर्नर अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमा भएकाले निर्माण व्यवसायीको भुक्तानीका विषयमा काम गर्न नसक्ने पनि उल्लेख गरेका छन् । तर, सरकारबाट रकम नपाएको कारणले कालोसूचीमा पर्ने र चेक बाउन्स हुने समस्यालाई राष्ट्र बैंकले सम्बोधन गर्ने गभर्नर अधिकारीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी