काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका क्याप्टेन मनिष शाक्यको काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ । शाक्यको हाल आईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ ।
अस्पताल स्रोतका अनुसार शाक्यको आँखा र टाउकोमा चोट लागेको छ । यद्यपि उनी खतारमुक्त रहेको अस्पताल स्रोतले बताएको छ ।
बुधबार बिहान करिब ११ बजे काठमाडौँदेखि पोखरा जाने क्रममा विमानस्थलबाट ‘टेक अफ’ गर्ने बित्तिकै सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । जहाज दुर्घटनामा परी जहाजमा सवार १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।
दुर्घटनामा परेको जहाजमा चालक दलसहित १९ जना सवार थिए । जहाज मर्मतका लागि पोखरा लगिँदै थियो । जहाजमा सवार सबैजना सौर्य एयरलाइन्सका कर्मचारी रहेको पनि प्राधिकरणले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्