×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने, प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गरे बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने, प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गरे बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना !

Artha Sarokar

१८ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन् । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिने भएका हुन् ।

अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले बताएका छन् ।

भण्डारीले भने, ‘हामी आज दिउँसोसम्म राजीनामा दिन्छौं । अध्यक्षज्यूले भने अनुसार नै मार्ग प्रशस्त गर्दैछौं ।’ यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ । बर्तौलाले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गरे आज साँझसम्ममा नयाँ सरकार बन्छ । यदि उहाँले मार्ग प्रशस्त नगरेमा भोलिसम्ममा नयाँ सरकार बनाउने प्रक्रिया पूरा गर्नेछौं ।’
उनले अध्यक्ष ओलीले आज वा भोलि साँझसम्ममा प्रधानमन्त्रीको शपथ लिने बताइएको छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी