Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने !  

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि शुक्रबार (११ गते) मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

यसअघि ४ गते सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति काँग्रेस-एमाले गठबन्धनको नयाँ सरकार गठन, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा युवराज खतिवडालाई नियुक्त गरेपछि र खतिवडाले मौद्रिक नीति ‘हेर्नुपर्छ’ भनेपछि मौद्रिक नीति सार्वजनिक मिति केही दिनका लागि पछि धकेलिएको थियो । 

यद्यपि यसअघि मौद्रिक नीति सार्वजनिक गर्ने मिति पछि धकेलिनुको कारण प्रधानमन्त्री ओलीले संसद्‌मा विश्वासको मत लिने र सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

मौद्रिक नीतिप्रति प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारी सकारात्मक रहेकाले यसपालिको मौद्रिक नीति थप लचक हुनेमा विश्वास गरिएको छ । साथै, यसपालिको मौद्रिक नीति सेयर बजारलाई सम्बोधन गर्नेगरी आउने सेयर लगानीकर्ताहरुको अपेक्षा रहेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK