काठमाडौं। बोल्न पाउने अधिकार हनन भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा मुखमा कालो टेप लगाएर सहभागी भएका छन्। बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि मुखमा कालो टेप लगाएर विरोध जनाएका हुन् ।
ढकालले लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रसारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आएपनि बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरेको प्रति आपत्ति जनाएका छन् । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ ।
साथै, बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अङ्गालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने कुरालाई उठाइएको छ ।
पार्टीले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्