Skip to content
LAXMI SUNRISE BANK

सोमबार १६.२९ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २३ कम्पनीको ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ। यस कम्पनीको १९ करोड १३ लाख २४ हजार ३ सय ९४ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसैगरी आज नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK