काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २३ कम्पनीको ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ। यस कम्पनीको १९ करोड १३ लाख २४ हजार ३ सय ९४ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यसैगरी आज नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्