Skip to content
LAXMI SUNRISE BANK

२१ सय बिन्दुमा पुगेर बन्द भयो नेप्से, ४ अर्व ५४ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ। यस कम्पनीको १२ करोड ३३ लाख ८५ हजार ५ सय ६९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा हिमालयन डिष्टिलरी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसैगरी आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मुल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK