×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार १५.४६ अंकले बढ्यो नेप्से, ६ अर्व ४८ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बिहीबार १५.४६ अंकले बढ्यो नेप्से, ६ अर्व ४८ करोडमाथिको कारोबार

Artha Sarokar

२० असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ। यस कम्पनीको ३० करोड ९ लाख ४ हजार ६ सय ९४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा अन्खु खोला जल विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको हो।

यसैगरी आज दोर्दी खोला जल विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मुल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी