Skip to content
LAXMI SUNRISE BANK

आइतबार २१.२७ अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्बमाथिको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । उक्त कम्पनीको २१ करोड ७१ लाख ४८ हजार ८ सय १ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मुल्य ५.२५ प्रतिशतले बढेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK