Skip to content
LAXMI SUNRISE BANK

सोमबार ४.६२ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा आज नेप्से परिसूचक ४.६२ अंकले बढेर २१३६.३५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ ।

सोमबार पनि सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको २८ करोड ७० लाख ८० हजार ९ सय ३५ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK