Skip to content
LAXMI SUNRISE BANK

मंगलबार १५.७९ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार पनि सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको १९ करोड ७७ लाख ७५ हजार ९ सय ३१ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः 

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको १९ करोड ७७ लाख ७५ हजार ९ सय ३१ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल फाइनान्स, जानकी फाइनान्स कम्पनी, ङ्गादि ग्रुप पावर, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई बैंक डेबेञ्चर २०८४/८५ मा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची:

यस्तै मंगलबारको सेयर बजारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ मा यस्तो गिरावट आउँदा नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, नबिल ब्यालेन्स फण्ड-२ र जानकी फाइनान्स कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK