काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७४ करोडमाथिको सेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा बढी कारोबार हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड ८ लाख ९९ हजार ८ सय ५९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको सेयर बजारमा सबैभन्दा बढी नाफा १०.२५% एसबिएल डेबेन्चर २०८३ का लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।