काठमाडौं । सोमबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ९ कम्पनीको ३ करोड ९७लाख ५४ हजार ७ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्बमाथिको सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड ९३ लाख ४८ हजार ७ सय ४१ रुपैयाँ ०० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको बजारमा सबैभन्दा बढी नाफा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसैगरी आज गणपति लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले घटेको छ ।