Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ७५.३३ अंकले बढ्यो नेप्से परिसूचक, १४ अर्ब ११ करोडमाथिको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज  नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ११ करोडमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ६९ लाख २३ हजार ७ सय ९२ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसैगरी आज गणपति लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK