काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्बमाथिको सेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा बढी कारोबार सानिमा जीआइसी इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३४ करोड १७ लाख ७९ हजार ९ सय ७२ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको बजारमा सबैभन्दा बढी नाफा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यसैगरी आज मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्