×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा इतिहासकै बढी सेयर कारोबार, २१ अर्ब ९१ करोडको किर्तिमान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा इतिहासकै बढी सेयर कारोबार, २१ अर्ब ९१ करोडको किर्तिमान

Artha Sarokar

१६ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा  २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि अघिल्लो बुलमा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।

बुधबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ८४ करोड ४९ लाख ९४ हजार ३ सय १७ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा बढी नाफा युनाईटेड अजोड इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यसैगरी आज सिभिल बैंक डेबेञ्चर २०८८ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी