×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्तमा पोष्ट मर्जर लफडाः कर्मचारी आन्दोलनमा, शाखाहरुमा तालाबन्दी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेरुडे लघुवित्तमा पोष्ट मर्जर लफडाः कर्मचारी आन्दोलनमा, शाखाहरुमा तालाबन्दी

Artha Sarokar

८ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मर्जरपछि कर्मचारीमा विभेदपूर्ण व्यवहार गरेको भन्दै नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारीले तालाबन्दी गरेका छन् । नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरपश्चात् कर्मचारीलाई विभेदपूर्ण व्यवहार गरेको भन्दै साबिकको मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् । 

मर्जरपश्चात् कर्मचारी व्यवस्थापनका नाममा मिर्मिरेका कर्मचारीको पद नै घटुवा गरेपछि कर्मचारी आन्दोलित बनेका छन् । उनीहरुले कनिष्ठ सहायक ‘ख’ पदमा कार्यरत कर्मचारीलाई केन्द्र व्यवस्थापकमा रूपान्तरण गरेको भन्दै आपत्ति जनाएका छन् ।

साबिकको मिर्मिरे लघुवित्तले कनिष्ठ सहायक ‘ख’ पदमा १ सय ६१ जना कर्मचारी नियुक्त गरेको थियो । तर, मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तले ती सबै कनिष्ठ सहायक ‘ख’ पदका कर्मचारीलाई केन्द्र व्यवस्थापकको जिम्मेवारी दिएको थियो । मर्जरपश्चात् मिर्मिरेका कर्मचारीमाथि विभेदपूर्ण व्यवहार गरेर पद नै घटुवा गरेको भन्दै रुष्ट बनेका कर्मचारीहरुले देशभरका विभिन्न शाखामा तालाबन्दी नै गरेका छन् ।

यसो त आन्दोलनरत १८ जना कर्मचारीहरुले केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायक पदमा बढुवा गर्नुपर्ने माग राख्दै असार २० गते संस्थाको केन्द्रीय कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका थिए । तर, आफूहरुको मागप्रति संस्थाको व्यवस्थापन पक्षले चासो नदेखाएपछि कार्यालयमा तालाबन्दी गर्नुपरेको केन्द्र व्यवस्थापक पदमा रहेका कर्मचारीहरुले बताएका छन् । 

‘मर्जरपछि हाम्रो पद बढुवा होला भन्दा झन् घटुवा गरिएको छ । कनिष्ठ सहायक ‘ख’ बाट केन्द्र व्यवस्थापकको जिम्मेवारी दिइँदा काम गर्ने मनोबलसमेत घटेको छ ।’, लघुवित्तका एक कर्मचारीले भने, ‘केन्द्र व्यवस्थापक कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जाको रहेको भान भएपछि हामीले संस्थाको व्यवस्थापन पक्षलाई ध्यानाकर्षण गराएका थियौँ । तर हाम्रा मागको सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेका हौँ । अझै पनि माग सम्बोधन नभए आन्दोलन थप चर्किन्छ ।’ 

उनीहरुले माग पूरा नभएर हातमा कालोपट्टी बाँधेर ‘पेन डाउन’ गर्नेसमेत चेतावनीसमेत दिएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी