काठमाडौँ । आफ्ना माग पूरा नभएपछि आन्दोलनरत निर्धन उत्थान लघुवित्तका कर्मचारीले आज पनि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेश दाहालको कार्यकक्षमा धर्ना दिएका छन् ।
पछिल्लो ६ दिनदेखि आफ्ना माग पूरा गर्न दबाब दिँदै लघुवित्तका कर्मचारीहरुले सीईओकै कार्यकक्षमा धर्ना दिएका हुन् ।
संस्थागत सुशासन, कर्मचारीहरुलाई काम गर्ने वातावरण सृजना गर्न, कर्मचारीहरुको तलब भत्ता तथा सेवा सुविधा, सरुवा, बढुवा तथा वृत्तिविकास लगायतका विषयमा विभिन्न मागहरु पूरा गर्न व्यवस्थापन पक्षले चासो नदेखाएपछि कर्मचारी आन्दोलन झनै उग्र बन्दै गएको छ । आज पनि सीईओको कार्यकक्षमा धर्ना दिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।
‘हामी असार २४ गतेदेखि निरन्तर अवज्ञा कार्यक्रममा छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक कर्मचारीले भने, ‘६ दिनदेखि धर्नामा बसेका छौँ । तर हाम्रो माग र आन्दोलनलाई व्यवस्थापन पक्षले बेवास्ता गरेको छ । जबसम्म हाम्रा माग पूरा हुँदैनन्, तबसम्म हामी रोकिदैनौँ ।’
हाल आन्दोलनरत कर्मचारीहरुले कार्यालय समयमा संस्थाका सम्पूर्ण विभागीय प्रमुखहरुलाई राखेर संस्थाका सीईओ दाहालको कार्यकक्षमा धर्ना दिँदै आएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्