Skip to content
LAXMI SUNRISE BANK

स्वास्थ्यमन्त्रीको पदभार ग्रहणः खादा-माला लगाउन अस्वीकार 

अर्थ सरोकार

काठमाडौँ । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालय पुगेर मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् । 

मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री पौडेलले पदभार ग्रहणका क्रममा खादा र माला लगाउन भने अस्वीकार गरेका छन् । 

उनले मन्त्रीका रुपमा पदभार सम्हाल्दै गर्दा काम गरेर देखाउन सके मात्रै माला र खादा लगाउने भन्दै आफूलाई बधाई दिन आउनेहरुलाई पनि माला, खादा र उपहारजस्ता चिज नल्याउन आग्रह गरेका छन् । 

साथै उनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूलाई खादा र मालाको सट्टा स्वास्थ्य क्षेत्रको सुधारका लागि सुझाव दिन आग्रह गरेका छन् । पौडेललाई स्वागत गर्न मन्त्रालयमा स्वास्थ्य सचिव, मन्त्रालयका कर्मचारी, अस्पताल निर्देशकहरुको भीड लागेको थियो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK