×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंककी कर्मचारी तृप्ती राणा हुण्डी कारोबारमा संलग्नताको आरोपमा पक्राउ !

LAXMI SUNRISE BANK
GLOBAL

कुमारी बैंककी कर्मचारी तृप्ती राणा हुण्डी कारोबारमा संलग्नताको आरोपमा पक्राउ !

२५ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंकमा कुमारीपाटी शाखामा कार्यरत कर्मचारी तृप्ती राणा पक्राउ परेकी छन् । विदेशमा रहेका आफ्ना आफन्तलाई पैसा पठाउने नाममा हुण्डीको कारोबार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार राणाले बैंकमा पटक पटक ठूलो रकम जम्मा गर्ने र झिक्ने गरेको देखिएको भन्दै बैंकले तयार गरेको प्रतिवेदनका आधारमा उनी विरुद्ध बैंकले नै उजुरी गरेको थियो ।

केहि कुरा बुझ्नुछ भन्दै उनको कार्यालयमा पुगेका प्रहरीले उनलाई उनकै गाडीमा थापाथली ल्याएको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ पुर्जी थमाएको थियो ।

जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरेर उनीविरुद्ध थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उनी कुमारी बैंकको युनियनकि नेतासमेत हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी