×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीः कान्तिपुर सहकारीका सचिव पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सहकारी ठगीः कान्तिपुर सहकारीका सचिव पक्राउ 

Artha Sarokar

४ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सिद्धार्थ तातेड पक्राउ परेका छन् । सहकारी ठगीको आरोपमा सप्तरी प्रहरीले तातेडलाई बिहीबार पक्राउ गरेको हो । 

बचतकर्ता रकम हिनामिना गरेको र बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै सहकारीका ४५ जना सदस्यले दिएको उजुरीका आधारमा तातेडलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । तातेडसहित सहकारी सञ्चालकविरुद्ध २०८० साउन १९ गते नै उजुरी परेको भए पनि उनी एक वर्षपछि पक्राउ परेको हुन् ।

हाल पक्राउ परेका तातेडलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उक्त सहकारीमा बचतकर्ताको लाखौँ रुपैयाँ हिनामिना भएको प्रहरीमा परेको उजुरीमा उल्लेख छ । 

पक्राउ परेका तातेड राजविराज नगरपालिका वडा नम्बर ३ का वडा सदस्यसमेत हुन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी