काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले साउन १ गते (आज) देखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेर नयाँ मूल्यसूची पठाएपछि सोही मूल्यसूचीअनुसार नेपालमा पनि आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य प्रति लिटर ४ रुपैयाँले वृद्धि भएको छ भने मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँले वृद्धि भएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी सम्पूर्ण विवरण अर्थ सरोकार डटकममा पेट्रोलको भाउ पेजमा हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्